चुनावअगावै एमाले–माओवादी एकीकरणको संकेत

चुनावअगावै एमाले–माओवादी एकीकरणको संकेत


आगामी मंसिर १० अगावै वाम गठबन्धनका मुख्य दुई दल एमाले–माओवादी केन्द्र एकिकरण हुने संकेत देखिएको छ ।

वाम गठबन्धनको चुनावी नारा लिएर मैदानमा उत्रिएका एमाले–माओवादी केन्द्रबीच पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने संकेत देखिएको हो ।

निर्वाचनमा बहुमत ल्याउने उद्धेश्यका साथ देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार पार्टी एकीकरणले निर्बाचनमा दुई तिहाई आउने भन्दै एमालेले यस्तो रणनीति अपनाएको स्रोतको दावी छ ।

निर्वाचन आयोगले निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा एमाले माओवादी जुटेको माओवादी केन्द्रका एक नेताले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार शिर्ष नेताहरु एकीकरण्लाई अन्तिम रुप दिनको लागि गोप्य भेटघाटमा ब्यस्त छन् ।