मतदातालाई आतंकित पार्ने कार्य रोक्न वाम-गठबन्धनको आग्रह

मतदातालाई आतंकित पार्ने कार्य रोक्न वाम-गठबन्धनको आग्रह


पछिल्ला दिनमा मतदातालाई आतंकित पार्ने कार्यहरु भइरहेको भन्दै वाम गठबन्धनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचाल कमिटीको तर्फबाट विष्णु रिमालले आज एक विज्ञप्ती जारी गर्दै मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदैँ जाँदा सत्ताधारी दलहरुबाट विभिन्न खालका गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउदैँ मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरु भएको भन्दै वाम गठबन्धनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गठबन्धनले यस्ता कार्यहरु तत्कालन रोक्न सरकारलाई आग्रह समेत गरेको छ ।

विज्ञप्तीम भनिएको छ,‘माओवादी–केन्द्रका नेता एवम् सरकारका मन्त्रीसमेत रहेका हाम्रो गठबन्धनका रुकुममा प्रतिनिधिसभाका उम्मेदवार जर्नादन शर्मामाथि निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते बम प्रहार भएको र कात्तिक २५ गते प्रतिनिधिसभा रोल्पाका वामगठबन्धनका उम्मेदवार बर्षमान पुनमाथि रोल्पाको माडीगाउँमा बम प्रहार हुनु निन्दनिय छ, यस्ता कार्य गर्नेमाथी तत्काल कारबाही होस् ।’

त्यस्तै निर्वाचन नजिकिदैँ जाँदा सत्तासंरक्षित गुण्डागर्दीको रुपमा सोलुखुम्बुमा हाम्रा उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र हाम्रा समर्थकहरुलाई धम्क्याउने, तर्साउने कार्यहरु भइरहेको भन्दै एमालेले खेद ब्यक्त गरेको छ । गठबन्धनले यस्ता कार्य हुनुले चुनाव शान्तिपूर्ण हुनेमा समेत आशंका उब्जिएको जनाएको छ ।

विज्ञप्ती…