सुरक्षा थ्रेट : सरकारको पहिलो निशानामा विप्लव समूह !

सुरक्षा थ्रेट : सरकारको पहिलो निशानामा विप्लव समूह !


  • विजय दमासे

चुनावी सुरक्षालाई विशेष ध्यानमा राख्दै सरकारले देशभर आफ्नो सुरक्षालाई कडा बनाउँदै लगेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने समूह सक्रिय भएको भन्दै सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।

उच्च स्रोतका अनुसार सरकारले चुनाव विथोल्ने समूहको पहिलो सूचीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई राखेको छ ।

सरकारले सो पार्टीका नेतादेखि कार्यकर्तामाथि विशेष रुपमा निगरानी गर्न थालेको स्रोत बताउछ ।, भने निर्वाचन विथोल्ने अभियानमा सक्रिय विप्लव माओवादीका कार्यकर्तालाई चुनाव अवधिभर नियन्त्रणमा लिनेदेखि मुद्दा चलाउने सम्मको तयारी सरकारले गरेको छ ।

चुनाव विरोधी कार्य गरेको भन्दै सरकारले विप्लव समूहका कार्यकर्तालाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिन समेत थालेको छ ।

यसैक्रममा गोरखा प्रहरीले विप्लव नेतृत्व माओवादीका पाँचजना कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा माओवादी कार्यकर्ता अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कपिल भट्टलाई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सुरक्षा अधिकारीका अनुसार उनीहरुलाई चुनाव अवधीभर हिरासतमै राखिनेछ ।

पछिल्लो समय निर्वाचन विरोधी कार्यमा माओवादी–केन्द्रका नेता एवम् सरकारका मन्त्रीदेखी एमालेका नेतामाथि आक्रमण बढिरहेका छन् । सो कार्यमा विलप्वका कार्यकर्ताको संलग्नता बढी देखिएको गृह स्रोत बताउछ ।