महिला अधिबकारकर्मी अनुराधा कोइराला कांग्रेसमा प्रवेश

महिला अधिबकारकर्मी अनुराधा कोइराला कांग्रेसमा प्रवेश


महिला अधिबकारकर्मी तथा  ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरेका हुन् ।

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने दावी गर्दै लोकतन्त्रलाई थप मजबुत गराउन कांग्रेसको विजय अनिवार्य भएको बताईन् । उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई मतदान गर्नसमेत अपिल गरिन् । चेलीबेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरिन् ।

सामाजिक क्षेत्रमा सक्रिय कोइरालाले महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्न कांग्रेसको विकल्प नरहेको बताईन् ।  ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेशपछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

तस्बिर: प्रधानमन्त्रीको सचिवालय