सरकारसँग यातायात व्यवसायीको गुनासो

सरकारसँग यातायात व्यवसायीको गुनासो


यातायात ब्यवसायीहरुले यातयात क्षेत्रका समस्या समाधान गर्न राज्यले ध्यान नदिएको गुनासो गरेका छन् । यातायात क्षेत्रमा सुधारको खाँचो रहेको भन्दै उनीहरुले यातायात क्षेत्रको सुधारका लागि यातायात नीति जरुरी रहेको बताए ।

पश्चिमाञ्चल यातायात ब्यवसायी समिति बुटवलको १८औं वार्षिक साधारणसभामा सहभागि यातायात क्षेत्रका अगुवाहरुले यातायात क्षेत्रमा विद्यमान समस्याका कारणा ब्यवसाय संकटमा परेको गुनासो समेत गरे । यातायात ब्यवसायीहरुले दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै उनीहरुले रचनात्मक काम गर्दा पनि राज्यबाट उचित सहयोग नपाइएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले यातायात ब्यवसायीका समस्या समाधान गर्न महासंघले केन्द्रैदेखि पहल गर्दै आएको बताए । केही दिन अगाडि पनि यातायात क्षेत्रका समस्या समाधान गर्न ध्यानाकर्षण गराउदै मन्त्रालयमा गएको स्मरण गर्दै उनले महासंघ सधै ब्यवसायीको हितमा रहने धारणा राखे ।

महासंघका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्र श्रेष्ठले यातायात क्षेत्रका समस्या बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सिद्धार्थ नगरपालिकाका प्रमुख हरि अधिकारी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, देवदह नगरपालिकाका प्रमुख हिरा केसीले यातायात ब्यवसायीले खेलेको भुमिकाको चर्चा गरेका थिए । कार्यक्रममा समितिले उनीहरुलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा वोल्दै समितिका अध्यक्ष टिकाराम गौतम, लुम्बिनी ट्रक ब्यवसायी समितिका विष्णु खरेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी पुर्वअध्यक्ष लोकराज पोखरेल, वरिष्ठ उपाध्यक्ष यमराज पान्डे लगायतले यातायात क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

– चन्द्रकान्त खनाल