क्यानडाको ‘सपना देखाउने’ कन्सल्टेन्सी संचालक पक्राउ

क्यानडाको ‘सपना देखाउने’ कन्सल्टेन्सी संचालक पक्राउ


काठमाडौंको मित्रपार्कस्थित एक्स वाई इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन् । काठमाडौं महाराजगंज बस्ने सप्तरीको विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने कात्तिक २२ गते पक्राउ गरेको हो ।

उनीहरुले रुपन्देहीको निलोत्तमा नगरपालिका–८ घर भएका विवेक भुषालसहित ४ जनालाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा राम्रो रोजगारीको प्रलोभन देखाई प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ लिएका थिए । पक्राउ परेका दुवैलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ । उनीहरुले अन्य व्यक्तिहरुलाई समेत ठगेको शंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पैसा लिएको लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो नदेखाएको, शिक्षा मन्त्रालयबाट लिनुपर्ने स्वीकृती समेत नलिएको, शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट वैदेशिक रोजगारको लागि बिदेश पठाउँछु भनि रकम ठगी गरेको भनि उजुरी परेपछि काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।