नेपालमा विश्व होटल स्कुल सम्मेलन हुने

नेपालमा विश्व होटल स्कुल सम्मेलन हुने


विश्वभरका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा इन्टरनेशनल)मा पहिलोपटक नेपाल निर्वाचित भएको छ ।

इटालीको लुकामा भएको इयूहोफा इन्टरनेशनलको ५६औँ कंग्रेसले नेपाललाई बोर्ड सदस्यका रूपमा निर्वाचित गरेको हो । नेपालको तर्फबाट राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत ९सिइओ० खेम लकाइँ उक्त महासभामा सहभागी हुनुहुन्थ्यो ।

इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २०० होटल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । उक्त संस्था होटल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नवसिर्जना र उत्तम अभ्यासको अनुशरण गर्ने, विद्यार्थी तथा शिक्षकको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको थियो ।

लुकामा सम्पन्न सम्मेलनले सन् २०१८ को कंग्रेस विश्वकै पहिलो होटल स्कुल स्विजरल्याण्डको लुजानस्ति इएचएल स्थापनाको १२५औँ वर्ष पूरा भएको अवसरमा स्विजरल्याण्डमा आयोजना गर्ने र सन् २०१९ को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय गरेको गेट कलेजले विज्ञप्तिमार्फत जनाएको छ ।

गेट कलेजका सिइओ लकाइँले विश्वका २०० होटल व्यवस्थापन स्कुलका सञ्चालकको सहभागितामा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु ठूलो अवसर भएको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

रासस