‘आइजिपी हेरफेरको हल्ला चलाउनेलाई कडा कारबाही गर्छु’

‘आइजिपी हेरफेरको हल्ला चलाउनेलाई कडा कारबाही गर्छु’


आइजिपी प्रकाश अर्यालले आइजिपी हेरफेरको हल्ला चलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आज प्रहरी प्रधान कार्यालयमा निर्वाचन सुरक्षा सम्बन्धी कार्यक्रममा उनले प्रहरी संगठनभित्र प्रहरी प्रमुख परिवर्तन बारे हल्ला भएको भन्दै हल्ला चलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

अधिकांश समय आफ्ना प्रहरी अधिकारीहरुलाई गाली गर्नमा खर्चिएका उनले भने,‘संगठनका प्रहरीहरु आइजी परिवर्तनको बारेमा गुटवन्दी गर्दै हिंड्नु गलत हो, संगठनमा धेरै सहिसके अब पनि प्रहरी गुटबन्दी गर्दै हिंडे प्रहरी नियमावली बमोजिम कडा कारबाही गर्नेछु ।’ महानिरीक्षक अर्यालले संगठनभित्र अनावश्यक हल्ला हुनुले संगठन बदनाम हुर्दै गएको बताए ।

अर्यालले राजधानीको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै निर्वाचन सुरक्षा व्यवस्था कडा पार्न कडा निर्देशन दिएका छन् भने सीमा सुरक्षा, अपराध सुरक्षा थप चुनौती रहेकाले चुस्त रुपमा लाग्न आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको बुझिएको छ ।

पछिल्लो समय आइजिपी परिवर्तनको हल्ला चल्दै आएको छ । अर्यालको म्याद फागुनसम्म छ ।