प्रचण्ड पक्षले सामाजिक सञ्जालमा भ्रम फैलाएपछि विक्रम भावुक

प्रचण्ड पक्षले सामाजिक सञ्जालमा भ्रम फैलाएपछि विक्रम भावुक


विपक्षीले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम फैलाएको भन्दै वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले भावुक हुँदै दुखेसो व्यक्त गरेका छन् ।लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार मन्त्री पाण्डेले भरतपुर महानगरपालिका–२२ पटिहानी (चितवन)मा चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै भावुकतावश भने, ‘निकुञ्ज हुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर विपक्षीले फेसबुकमा राखेका छन् ।’

ज्ञातव्य छ, विक्रम पाण्डे उम्मेदवार रहेको क्षेत्रबाट वाम गठबन्धनका प्रचण्ड प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

यसअघि राप्रपा का नेता पाण्डेले आफ्नो जित निश्चित भएको दाबी गरेका छन्। आईतबार भरतपुरको गीतानगरमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै पाण्डेले आफू नेपाली कांग्रेससँगको प्राकिृतिक गठबन्धनमा रहेको बताउँदै आँफुलाई नेपालीक कांग्रेसले जिताउने बताएका हुन् । स्थानीय तहको चुनावमा भरतपुरको निर्वाचन मतगणना घटना स्मरण गर्दै कांग्रेसकै सहयोगमा अप्राकृतिक गठबन्धन हुँदा प्रचण्डपुत्री रेणुले कथित तवरमा चुनाव जितेको उल्लेख गर्दै अहिलेको गठबन्धन प्राकृतिक भएकोले आफूले चुनाव जित्ने पाण्डेले बताए । वन तथा भूसंरषणमन्त्री समेत रहेका पाण्डेले आफु इमानदारीताको धनि भएकोले पनि इमानदारीको जित हुने उदघोष गरे ।

माओवादीले भरतपुर महानगरपालिकामा विजयी हुनेवित्तकै कांग्रेसलाई धोका दिएको जिकीर गर्दै पाण्डेले आफूले नेपाली कांग्रेसलाईआफुले धोका नदिने प्रतिबद्धता जनाए । कार्यक्रममा राप्रपा प्रजातान्त्रीकका महामन्त्री धुव्रबहादुर प्रधानले चितवनसहित १ सय ६१ स्थानमा नेपाली कांग्रेसलाई सहयोग गर्दै ४ स्थानमा राप्रपा प्रजातान्त्रीकलाई जिताउन र चितवन क्षेत्र नम्बर ३ मा मन्त्री पाण्डेलाई विजयी गराउन चितवन तिनका मतदातालाई आग्रह गरे ।