समृद्धिका लागि काँग्रेसको सरकार आवश्यक–बिनोद चौधरी

समृद्धिका लागि काँग्रेसको सरकार आवश्यक–बिनोद चौधरी


उद्योगपति बिनोद चौधरीले मुलुकको समृद्धिका लागि नेपाली काँग्रेसको सरकार आवश्यक रहेको बताएका छन् ।

मुलुकमा भएको विकास कांग्रेसकै पालामा मात्रै भएको भन्दै उद्योगपति चौधरीले यस्तो बताएका हुन् ।

आफु अब नेपाली काँग्रेसबाट राजनितिमा सकृय रहने बताउँदै उद्योगपति चौधरीले  २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भैरहेको बताउदै समृद्ध आर्थिक नितिले मात्र लोकतन्त्र बलियो हुने बताए ।

नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसवाट सकृय राजनीतिको बिधिवत शुरुवात गरेको बताए ।

उनले काँग्रेसले आफनो समेत सल्लाहमा त्यतिखेर लिएको गतिलो आर्थिक नितिका कारण २०४८ देखि २०५० साल सम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृश्टान्त दिए ।

उनले औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० सम्मको २ वर्ष नेपालको स्वर्ण बर्ष भएको बताए ।