एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार

एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार


भोजपुर प्रदेशसभाका उम्मेदवार नेकपा एमालेका नेता एवं पूर्व संचारमन्त्री शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ। प्रहरी जवाफी फायरिङ समेत गरेको छ।

ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा अज्ञात समूहले बम प्रहार गरेको हो। चुनावी प्रचारप्रसारका लागि राईले प्रयोग गरेको गाडीमा आक्रमण भएको हो। आक्रमणबाट उनका अंगरक्षक डिल्ली सापकोटा घाइते भएका छन् भने नेता राई सकुशल रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए।

यसअघि गत शुक्रबार र शनिबार माअोवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा र वर्षमान पुनमाथि पनि बम अाक्रम भएको थियो ।

पुनलाई लक्षित गरी बम अाक्रमण भएको २४ घण्टामै दोस्रो पटक अाक्रमण भएको थियो । उम्मेदवारमाथि अाक्रमणको श्रृखला बढेपछि निर्वाचन आयोगले उम्मेदवारको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ।