मत किन्न खोज्नेको पैसा कब्जा गर्न प्रचण्डको आग्रह

मत किन्न खोज्नेको पैसा कब्जा गर्न प्रचण्डको आग्रह


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा मत किन्न पैसा खर्च गर्नेहरुको पैसा कब्जा गर्न मतदातालाई आग्रह गरेका छन् ।

चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले अबको युग विकास र समृद्धिको भएको समेत बताए ।
प्रचण्डले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताए।

उनले भने,‘चुनावमा भोट किन्न खोज्नेको मतदाताले पैसा कब्जा गर्नुपछ, अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन।’ प्रचण्डले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताए।