७ नम्बर प्रदेशको मुख्य मन्त्री कर्णबहादुर थापा हुनेछन् : रावल

७ नम्बर प्रदेशको मुख्य मन्त्री कर्णबहादुर थापा हुनेछन् : रावल


एमाले उपाधयक्ष भिम रावलले वाम गठबन्धनको तर्फबाट ७ नम्बर प्रदेशको मुख्य मन्त्रीमा कर्णबहादुर थापालाई अगाडि सार्ने तयारी भएको बताएका छन् । उनले राष्ट्रियता, समृद्धि र स्वाभिमानलाई उच्च राख्नका लागि वम गठबन्धन भएको दावी गरे ।

प्रतिनिधि सभा प्रत्येक्ष उम्मेदवार समेत रहेका नेता रावलले वम एकता चुनावी समीकरण मात्र नभएर देशलाई स्थायित्व दिदै अगाडि बढाउन आर्थिक रुपान्तरण गर्न र समग्र नेपालीको हितको लागि र पार्टी एकताको अभियान भएको बताए ।

मंगलबार अछामका विभिन्न गाउँपालिका र नगरपालिकामा भएको मतदाता भेटघाट कार्यक्रमका क्रममा रावलले यस्तो बताएका हुन् । नेता रावलले देशको भलाइका लागि चीन लगाएतका अन्य मित्रराष्ट्रसंग विभिन्न विकासे योजनाहरुको सम्झौता गरेको बताए ।

आफू यो क्षेत्रका लागि खानेपानी, शैक्षिक क्षेत्र, सडकहरुको बिकासका लागि आफू अझै लागि पर्ने बताए ।  अछाममा चार प्रदेश सभा र दुई प्रतिनिधी सभा रहेका छन । रावलले भने ‘अछाम जिल्लामा रहेका चार प्रदेशसभा र दुइ प्रतिनिधीसभामा वाम गठबन्धनको विजय सुनिश्चित छ ।’

वाम गठबन्धनको एजेण्डा जनताको जनमुखी भएकाले अछाम बासीले त्यसको मूल्याङ्कन गरेकाले अछाम बासिले वाम गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने विश्वास गरे ।

रावलले पाँच वर्षभित्र प्रत्येक गाउँ गाउँमा सडक सञ्जालको विस्तार गर्ने र आधुनिक कृषि प्रणाली लागु गर्ने जस्ता प्रतिबद्धता गरेका छन् ।