अबैध गरगहाना र हात्तीको पुच्छरसहित दुई पक्राउ

अबैध गरगहाना र हात्तीको पुच्छरसहित दुई पक्राउ


चाँदीका अबैध गरगहान र हात्तीको पुच्छर देखिने समाग्रीसहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ ।  प्रहरीले उनीहरुलाई बिशेष सुराकीको आधारमा होटलबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटेलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट अबैध नौ किलो ४ सय ग्राम चाँदी र १५ हजार १ सय थान हात्तीको पुच्छर बरामद भएको डिएसपी पोखरेलले जानाए।

कैलाली टिकापुर नगरपालिका -१ का विश्वराज तिवारी र कालिकोट तिलकानगर- ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासमा डिएसपी प्रविण पोखरेलले बताए ।

चाँदीका गरगहना र हात्तिको पुच्छर सहित पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने भएको छ । पक्राउ परेका तिवारीको साथबाट हात्तिको पुच्छर जस्तो देखिने वस्तु बरामद भएकोले जिल्ला वन कार्यालयलाई बुझाउने तयारी गरिएको हो ।