रुकुम : जनताको घरमा गएर उम्मेदवारहरु विकासको सपना बाँड्ने त छँदै छ कसैले गाई दुहिदिएको, कसैले खेतबारीमा गएर धान काटिदिएको, कसैले घरमा गएर खाजा बनाइदिएको र कसैले खेत खनिदिएका समेत समाचार बाहिर आइरहेका छन् ।
यसैबीच, रुकुम पश्चिमबाट प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्मा चुनावी अभियानका लागि रुकुमका गाउँगाउँमा गएसँगै दिनदिनै नाच्ने गरेका छन् ।
विनाविभागीय मन्त्री समेत रहेका उनले नाच्ने मात्र होइन उनको स्वागतका लागि बाजागाजा र झाँकीसहित आएका स्थानीयहरुबाट बाजाहरु नै तानेर बजाउने गरेका छन् ।
जिल्लाका धेरै ठाउँमा उनले दमाह आफैँ बोकेर बजाउँदै नाचेका छन् भने धेरै ठाउँमा मयूर नाचमा प्रयोग हुने मयूरको प्वाखसमेत भिरेर नाँच्दै मत माग्ने गरेका छन् ।
प्रतिक्रिया