चन्द्रागिरिलाई मेरिट अवार्ड

चन्द्रागिरिलाई मेरिट अवार्ड


चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको जनाइएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रिय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सम्मान ग्रहण कार्यक्रममा महाप्रबन्धक एवम् संचालकहतको समेत उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडलाई सोहि संस्थाले गत वर्ष पनि ‘वेष्ट डेसटिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो । ‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा हिजो मङ्गलबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो ।

व्यावसायिक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायिक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष एवम् संचालक ढकालले ‘चन्द्रागिरि हिल्स लिमिटेडले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको धारणा राखेका थिए ।