तीन जिल्लाका चार सभामा ओली–प्रचण्ड !

तीन जिल्लाका चार सभामा ओली–प्रचण्ड !


शिर्ष दलहरु चुनाव प्रचारप्रसारमा पछिल्लो समय निकै व्यस्त देखिएका छन् । प्रदेश/प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै वाम गठबन्धनका नेताहरुलाई चुनावी सभामा जान भ्याईनभ्याई छ ।

यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संयुक्त चुनावी सभामा व्यस्त देखिएका हुन् ।

चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने तयारी गरेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार गोरखाबाट चुनावी अभियानको सुरुवात गरेका थिए । बिहीबार दुवै दलका शीर्ष नेताले तीन जिल्लाका चार वटा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

वाम गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन कमिटीका अनुसार, स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा संयुक्त चुनावी सभाको आयोजना गरिएको छ ।

वाम गठबन्धनका अध्यक्षद्वयले बुधबार गोरखाबाट चुनावी अभियान थाल्दै लमजुङसहित पाँच वटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

संयुक्त सभामा दुवै दलका नेताले गठबन्धनको औचित्य पुष्टि गर्दै विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका छन् ।