३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ


३५ हजार अमेरिकी डलरसहित मकवानपुर प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडाैबाट हेटौडा हुँदै बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ६२९१ नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्ने क्रममा उक्त बसमा प्रसादलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए।

बिहीबार बिहान करिब पौने ६ बजे हेटौंडा–१५ रातोमाटेस्थित चेकपोष्टमा चेकजाँचको क्रममा उक्त रकमसहित भारतको ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पूर्वी चम्पारण विहार बस्ने वर्ष २५ का शेषनाथ प्रसादलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसादलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त डलरको नेपाली मुल्य ३७ लाख ८० हजार रहेको छ । जाँचका क्रममा प्रसादले लगाएको जुत्ताभित्र लुकाईछिपाई विभिन्न नम्बरको अमेरीकी डलर राखेको फेला परेको झाले जानकारी दिए ।