अमरबहादुरलाई रिहा गर्न युएर्इसंग राष्ट्रपति भण्डारीको आग्रह

अमरबहादुरलाई रिहा गर्न युएर्इसंग राष्ट्रपति भण्डारीको आग्रह


यूएई भ्रमणमा रहेका राष्ट्रपति विद्या भण्डारीले युएर्इलार्इ मृत्युदण्डको सजाय सुनाइएका अमरबहादुर बमको रिहाइका लागि आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारी चार दिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएकी छन् । आपूर्तिमन्त्री जयन्त चन्दले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यससम्वन्धमा उपयुक्त समयमा सकारात्मक निार्णय आउने अपेक्षा गरेका छौं ।’

राष्ट्रपति भण्डारीले त्यहाँका शासक र युवराजसँग बम अन्जानमा वा परिवन्धमा परेको हुनसक्ने भन्दै रिहाइका लागि आग्रह गरेकी हुन् । दार्चुलाको धारी गाबिसका बम सन् २००३ मा सवारी चालकको काम ग र्न यूएई पुगेका थिए ।

तर, त्यहाँ पुगेको तेस्रो दिन भएको एक हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले उनलाई दोषी ठहर गर्‍यो । २००७ मा मृत्युदण्डको सजाय सुनाएका उनी अहिले पनि जेलमै छन् ।