मुलुकको समृद्धिका लागि मेरो उम्मेदवारी : विश्वप्रकाश

मुलुकको समृद्धिका लागि मेरो उम्मेदवारी : विश्वप्रकाश


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले राजनीतिभित्र पसेको विकृति अन्त्य गरी समृद्धिको बाटो बनाउन आफ्नो उम्मेद्वारी जनतामाझ आएको बताएका छन् ।

चुनावी अभियानअन्तर्गत झापाको भद्रपुर ९ र १० चन्द्रगढीका विभिन्न टोल सभालाई सम्बोधन गर्दै लोकप्रिय युवा नेता शर्माले नेपालको समृद्धिमा बाधक बनेको राजनीतिक विकृति अन्त्य गर्नु पहिलो आवश्यकता आंैल्याएका हुन् । शर्माले विभिन्न दल भित्र विभिन्न शैलीमा विकृति, विसंगति फैलाएको भन्दै त्यस्ता विकृति चिर्न सक्ने युवा शक्तिले जनमत प्राप्त गरेर नेपाललाई समृद्धितर्फ लान सक्ने जनाए । उनले खाडी मुलुकमा गएर पसिना बगाउनु पर्ने बाध्यता, उद्योगधन्दा खुल्न नसक्ने कारण, सामाजिक समस्या हल हुन नसक्ने परिस्थिति आदि राजनीतिको अशुद्धिबाट सिर्जना भएको उल्लेख गरे । राजनीतिका नाममा संकटमानेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले राजनीतिभित्र पसेको विकृति अन्त्य गरी समृद्धिको बाटो बनाउन आफ्नो उम्मेद्वारी जनतामाझ आएको बताएका छन् । परेको राष्ट्रिय एकता जोगाउँदै नेपाललाई सम्बृद्ध बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

झापामा देखिएको हात्ती समस्या हल गरेर जनतालाई सहज जीवन बिताउने वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता गर्दै शर्माले सदरमुकाम रहेको चन्द्रगढीलाई समृद्धितर्फ लान ऐतिहासिक चन्द्रगढ क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने समेत योजना सुनाए । आफू झापाको क्षेत्र नम्वर १ लाई सम्बृद्ध क्षेत्रका रुपमा विकास गर्न लागि पर्ने भन्दै नेपालको समृद्धिमा देखिएका बाधाअट्चन हटाउन लागि पर्ने मतदातासित बाचा समेत गरेका छन् ।
प्रदेशसभा ‘क’का उम्मेद्वार केशवराज पाण्डेले हाम्रो अर्जुन दृष्टिकोण भनेकै मुलुकको समृद्धि हभएकोले अब राजनितिक झगडामा अल्झिनुको सट्टा देश निर्माणमा समय खर्चिनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा ‘ख’ का उम्मेद्वार अशोककुमार पोखरेलले भ्रष्टचारविहीन जनप्रशासन र कानुनी राज्यको वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको दाबी गरे । उनले प्रदेश सभा नयाँ प्रयोग भएकोले कानुनी ज्ञान र इमान्दार नेतृत्व आवश्यक पर्ने भन्दै आफूलाई मतदान गर्न आग्रह गरे ।

‘लोकतन्त्रको रक्षाका लागि युवाको भूमिका महत्वपूर्ण’
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले परिवर्तनका वाहक तरुण एवम् युवा शक्ति रहेको बताएका छन् । चुनावी कार्यक्रमअन्र्तगत क्षेत्रस्तरीय युवा भेलालाई भद्रपुरमा सम्बोधन गर्दै सिटौलाले नेपाली कांग्रेसको मुटुका रुपमा रहेका तरुण एवम् युवा शक्ति राजनीतिक परिवर्तनका केन्द्र रहेको बताएका हुन् ।

नेता सिटौलाले वर्तमान संविधान कार्यान्वयनको चरणमा रहेको यस निर्वाचनमा नेपाली कांग्रेसलाई पाखा लगाउने गरी परिवर्तन विरोधीहरुले समर्थन पाउने अवस्था आउनु नहुने जनाउदै तरुणहरुको सक्रियतामा संघीयता सहितको लोकतन्त्रको सुनिश्चितका लागि नेपाली कांग्रेसलाई भारी मतले विजयी गराउनु पर्नेमा जोड दिए । उनले नेपाली कांग्रेस उदार राजनीतिको पक्षधर रहेको जनाउँदै नयाँ संविधान कार्यान्वयनको नेतृत्व नेपाली कांग्रेसले पाए समृद्धिको सारथी बन्ने जनाए । पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले हिजो बहुमत पाउँदा संविधान जारी गर्न नसक्ने, सबै दललाई मिलाएर राष्ट्रिय एकता कायम गर्न नसक्ने दलको गठबन्धनले वर्तमान संविधान सहज रुपमा कार्यान्वयन गर्न नसक्ने भन्दै हरेक परिवर्तनको अभिभावक बनेको नेपाली कांग्रेसको जीत आजको आवश्यकता दर्शाए । उनले परिवर्तनको आन्दोलनका सहिदको रगत सुक्न नपाउँदै परिवर्तन विरोधीलाई गठबन्धनका नाममा सर्मथन गर्नु परिर्वतनमाथि अन्याय हुने समेत बताए । नेपाली कांग्रेसमा उम्मेद्वारका विषयमा कुनै विमती नरहेको समरण गराउँदै सिटौलाले लोकतन्त्रको रक्षाका लागि युवा तथा तरुणले निर्वाचन जिताउन भूमिका खेल्नु पर्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा ‘क’का उम्मेदवार भूमिप्रसाद राजवंशीले नेपाली कांग्रेस मात्र आदिवासी, जनजाति, दलित, पिछडा वर्ग लगायतको साझा पार्टी भएको भन्दै नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे । उनले झापा क्षेत्र नम्बर ३ मा कुनै विकास भएको छैन भन्नेहरुले हुलाकी सडक, सामुदायिक विद्यालय, मठ मन्दिर, ग्रामीण डक स्तरीकरण लगायतका संरचना कसरी बने भन्ने जवाफ दिन नसक्ने उल्लेख गरे । राजवंशीले विगतमा भएका राम्रा कामहरु र भविश्यमा हुने अन्य महत्वपूर्ण काम पूरा गर्न नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको तर्क गरे ।
– रेजिना गौतम