काँग्रेस क्षेत्रीय सभापति बज्राचार्यको निधन

काँग्रेस क्षेत्रीय सभापति बज्राचार्यको निधन


नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको मस्तिष्काघातबाट आज दिउँसो निधन भयो । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो ।

उहाँ विगतमा कामपा वडा नं २४ मा दुईपटक वडाध्यक्ष हुनुभएको थियो ।

सबलबहाः, न्यूरोड (हाल वडा नं २२) निवासी उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँको आजै शोभा भगवती कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।