बेशीसहरको आभसभालाई पौडेल र कोइरालाले सम्बोधन गर्ने

बेशीसहरको आभसभालाई पौडेल र कोइरालाले सम्बोधन गर्ने


लमजुङको सदरमुकाम बेशीसहरमा भोली मंसिर २ गते शनिबार लोकतान्त्रिक गठबन्धनको आयोजनामा वृहत् आमसभा हुने भएको छ । आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले पनि सम्बोधन गर्ने कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा परेको लमजुङको चुनावी प्रचारलाई उत्कर्षमा पुर्याउन फुलबारी मञ्च बेशीशहरमा आयोजना गरिने आमसभालाई नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकका जिल्लास्तरीय नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शंशाक कोइरालाका अतिरिक्त प्रतिनिधिसभा लमजुङका उम्मेद्वार दिलबहादुर घर्ती, प्रदेश नं (क) का उम्मेद्वार गर्जबहादुर गुरुङ, प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइराला लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लोकतान्त्रिक गठबन्धनका दलले यतिवेला चुनावी अभियानलाई तीव्र बनाएका छन् ।