नुवाकोट घटनाको कांग्रेसद्वारा निन्दा

नुवाकोट घटनाको कांग्रेसद्वारा निन्दा


नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार पूर्वमन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेशसभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरी गरिएको बम विष्फोटनको निन्दा तथा भत्सर्ना गरेको छ ।

निर्वाचनको प्रचारप्रसारमा हिँडेको बेला उहाँहरु चढ्नुभएको गाडीलाई लक्षित गरी शुक्रबार विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथेथानानजिक प्रेसरकुकर बम विष्फोट गरिएको थियो । उम्मेदवारहरुसँगै चुनावी प्रचारप्रसारमा हिँडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यसप्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो हस्तक्षेप गरेको जनाउँदै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडाभन्दा कडा कार्वाही गर्न रघाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।