नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् ।
गत कार्तिक २० गतेबाट नै चुनावी घरदैलो कार्यक्रम सुरु गरेको भए पनि नेता सिंहले निर्वाचन क्षेत्र नं. १ मा व्यवस्थित रुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लिलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चुडाराज उप्रेतीलाई वौद्धिक र निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको जिम्मेवारी दिँदै एक हजार १ सदस्यीय प्रचार समिति गठन गरेका हुन् ।
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले यसअघिको समय सविधान जारी गर्ने क्रममा बितेकाले आफ्नो क्षेत्रको विकास निर्माणको काम अधुरो रहेको स्वीकार गरेका छन् ।
घरदैलो अभियानका क्रममा उनले भने, ‘मैले सविधान जारी गर्नेक्रममा भूमिका निर्वाह गरे, अब आफ्नो निर्वाचन क्षेत्रको विकासनिर्माण काम गर्नुछ, आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउन मलाई यहाँँहरुको मतदान चाहिएको छ ।’
प्रतिक्रिया