प्रधानमन्त्री पदका उन्नाइस दावेदार !

प्रधानमन्त्री पदका उन्नाइस दावेदार !


विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका डेढ दर्जन नेतालाई चुनावी मैदानमा भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरेको पाइएको छ । उन्नाइसजना नेताहरूमध्ये नौजनालाई कार्यकर्ताहरूले प्रधानमन्त्री पदका दाबेदार भनी प्रचार गरेका छन् भने अन्य दशजनाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने नेताहरूमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, प्रचण्ड, रामचन्द्र पौडेल, आरजु राणा, केपी शर्मा ओली, माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र दमननाथ ढुङ्गाना रहेका छन् । त्यसैगरी चुनाव प्रचारक एवम् पार्टी कार्यकर्ताहरूले प्रधानमन्त्री बन्न सक्ने भनी प्रचार गरिएका नेताहरूमा डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, विजयकुमार गच्छदार र उपेन्द्र यादव रहेका छन् । यसरी प्रतिनिधिसभाको १६५ स्थानका निम्ति भएको निर्वाचनमा १९ उन्नाइस नेताहरूको नाम भावी प्रधानमन्त्रीका रूपमा प्रचारित भएको छ ।