लण्डन । केही वर्षदेखि क्यान्सरसित जीवन संघर्ष गर्दै आएकी दाङमा क्रियाशील पत्रकार शान्ता पौडेलको गत असार २५ गते बिहान असामयिक निधन भएको खबरले नेपाल पत्रकार महासंघ, यूके स्तब्ध र मर्माहत बनेको छ, आफ्नो प्रेस विज्ञप्तिमा संघले जनाएको छ ।
मोफसलमा बसेर पत्रकारिता गर्न अझै सजिलो भइसकेको छैन । त्यसमाथि महिलाहरुका लागि पत्रकारिता झनै सास्तीपूर्ण छ । यस्तो अवस्थामा अनेक चुनौतीलाई पार गर्दै स्वर्गीय पौडेलले देखाएकी साहस सराहनीय छ ।
पत्रकार पौडेलको स्वास्थ्योपचारमा सहयोग गर्ने मौका महासंघ, यूके शाखालाई पनि मिलेको थियो । तर विडम्वना हाम्रो सहयोग मात्र उनलाई बचाउन पर्याप्त हुन सकेन भन्दै उक्त विज्ञप्तिमा यूके शाखाले दुःखी मन गरेको दर्शाएको छ ।
अतः अन्तमा, पत्रकार महासँघ यूके आफ्नो विज्ञप्ति टुंग्याउँछ -‘यस दुःखद घडीमा स्वर्गीय पौडेलका शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना तथा स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । ’-नरेश
प्रतिक्रिया