राइनो क्लबको सहयोगमा शैक्षिक सामाग्री वितरण

राइनो क्लबको सहयोगमा शैक्षिक सामाग्री वितरण


हङकङमा क्रियाशिल नेपाली युवा समाजसेवीको अगुवाइमा स्थापना भएको राइनो क्लबको सहयोगमा राजविराज, सप्तरीमा बाढीपीडित, गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौं तथा राजबिराज सम्पर्क कार्यालयको समन्वयमा राजबिराजस्थित आदर्श वाटिका विद्या मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रम बिच शैक्षिक सामाग्री प्रदान गरिएको हो। सो अवसरमा केही उत्कृष्ट तथा मिहिनेती विद्यार्थीहरुलाई कला प्रस्तुत गर्न लगाई प्रोत्साहन स्वरूप पुरस्कर समेत प्रदान गरिएको थियोे।

विद्यार्थीहरुमा सामाजिक सेवा भावना जगाउन र उनीहरुलाई आत्मबल बढाएर अध्ययन कार्यमा प्रोत्साहन दिन सकियोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको एक्सन डेभलपमेन्ट सेन्टरका अध्यक्ष शिरोमणि दवाडीले बताउनुभयो। परदेश र स्वदेश बिचका नेपाली र नेपाल भित्रैका नेपाली नेपाली बिच मित्रता र सद्भाव बढाउन पनि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने दवाडीले बताउनुभयो ।

हास्य कलाकार सुरेश थापाले समय समयमा आउने प्राकृतिक प्रकोपले विद्यार्थीलाई अध्ययनमा असर पारिरहेकोले मनोबल बढाउन आवश्यक भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक रामचन्द्र यादवले समाजसेवा नै सच्चा धर्म र कर्म भएकोेले नयाँ पिढिलाई यो भावनाको विकास गर्न आवश्यक रहेको बताउनुभयो । हङकङका युवाले राजबिराजका विद्यार्थीलाई सम्झना गरि सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो ।