ध्रुव दत्ताको नयाँ सिनेमा

ध्रुव दत्ताको नयाँ सिनेमा


लण्डन । ध्रुव दत्ताले भर्खरै काठमाण्डौमा नयाँ नेपाली चलचित्रको शुटिंग समाप्त गरेर बेलायत फर्केका छन् । प्रवासमा रहेर पनि निक्कै नेपाली चलचित्रहरुमा अभिनय गर्न सक्षम दत्ता एक आशा गर्नलायक कलकार हुन् । नेपाली कथानक चलचित्र नौ बजे अर्थात् नाइन ओक्लकको निर्देशन बाबुराम ढकालको, निर्माण रमेश समवेदना को रहेको छ भने मुख्य भूमिकामा ध्रुव दत्ता र सुमिना घिमिरे छन् ।
कंकस राईको संगीतमा राजेश पायल राई, शिव परियार र रजिना रिमालले आफ्नाने श्वर दिएर यस चलचित्रको लागि गीतहरु तयार पारिएका छन् । रामशरण उप्रेतीको छायाँकनमा सम्मन्न भएको सो चलचित्रको डबिंग दत्ताले सकेर भर्खरै बेलायत भित्रिएका हुन् ।-तस्वीरसहित डी.डी.