ज्ञानेन्द्र सपरिवार फ्रान्स भ्रमणमा

ज्ञानेन्द्र सपरिवार फ्रान्स भ्रमणमा


काठमाडौं । ज्ञानेन्द्र शाह परिवारको जम्बो टोली लिएर सोमबार फ्रान्सतर्फ प्रस्थान गरेकाछन्। यसअघि पटक-पटक छिमेकी मुलुक भारतको भ्रमण गरिसकेका पूर्वराजा निर्मलनिवास नै खाली हुनेगरी सपरिवार विदेश भ्रमणमा निस्केकाहुन्। पूर्व रानी कोमल, युवराज्ञी हिमानी, अधिराजकुमारी प्रेरणा, एक नाति, एक नातिनीसँगै जाने बताइएको छ । यसैगरी पूर्वअधिराजकुमार धीरेन्द्रका छोरीहरू दिलाशा, पूजा र शीताष्मा पनि ज्ञानेन्द्रसँगै फ्रान्स जाँदै छन् । पूर्वराजा शाह सपरिवार फ्रान्स गएपछि निर्मलनिवास रित्तो हुने भएको छ । पूर्वयुवराज पारस गत भदौदेखि थाइल्यान्डको बैंककमा छन् । एक स्रोतका अनुसार फ्रान्समा पूर्वराजाको टोली दुई साता बस्ने कार्यक्रम छ । फ्रान्सपछि ज्ञानेन्द्रले युरोपका अरू केही मुलुकको पनि भ्रमण गर्दै छन् भने संयुक्त अरब इमिरेट्सको दुबईमा एक साता बस्ने कार्यक्रम छ । -देब, मेस, काठमाण्डौं