समान पेन्सनको लागि गुर्खा अभियान शुरु

समान पेन्सनको लागि गुर्खा अभियान शुरु


लण्डन । लण्डनको हाइ स्ट्रिटका विभिन्न स्थानहरुमा १५ जना भूतपूर्व गुर्खाहरु अन्यका साथमा उभिएर समान पेन्सनलगायतका अन्य समान सुविधाहरुको आफ्नो मागलाई समर्थन गर्नका लागि हस्ताक्षर संकलन गर्न गत शनिबार उभिएका थिए जसमा हजारौंको संख्यामा विभिन्न क्षेत्र तथा समुदायका पैदले व्यक्तिहरुले आफ्नो हस्ताक्षर दिई समर्थन जनाएका छन् । त्यसरी संकलन गरिएका हस्ताक्षरहरुलाई संकलन गरेर वर्षो आखिरीमा बेलायती सरकारका समक्ष हस्तान्तरण गरी गुर्खाहरुको लागि पेन्सनमा समानता, क्षतिपूर्ति तथा अन्य आम सुविधाहरु ब्रिटिश र कमन वेल्थमा रहेका ब्रिटिशका सिपाहींहरुसरह दिइनु पर्ने माग गरिने भएको छ । उक्त पेटिशनामा मुख्य रुपमा भनिएको छ ……..-“We appeal to the UK Government to pay the ‘debt of honour’ to Gurkhas by immediately addressing their grievances and putting an end to the long standing discriminations suffered by them and their families.” -नीर, मेस, लण्डन तस्वीर धन घले ।