लालबाबुलाई तर्साउन विष्फोटन

लालबाबुलाई तर्साउन विष्फोटन


मोरङमा मंगलबार बिहान सुतली बम पड्किएको छ । बूढीगंगा गाउँपालिकाको हात्तीमुढा–५ स्थित नहरमा अज्ञात व्यक्तिले बम पड्काएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त बम पड्किएको स्थानबाट करिब ५०० मिटर टाढाको गाउँमा क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डित घरदैलो कार्यक्रममा व्यस्त थिए। उनलाई तर्साउने उद्देश्यले सो बम विष्फोट गराइएको प्रहरीको अनुमान छ ।

यसैबीच बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो । वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका लागि नर्सिङ होम पु¥याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थियो ।