यती एयरलाइन्सद्वारा क्यानलाई विमान हस्तान्तरण

यती एयरलाइन्सद्वारा क्यानलाई विमान हस्तान्तरण


यती एयरलाइन्सले आफुसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने ‘बीएई’ प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलअन्तर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ हस्तान्तरण गरेको छ ।

नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताइएको छ । यस्ता विमान प्रयोग गरि प्रदान गरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त रहेको जनाइएको छ ।

गत सोमबार आयोजित एक औपचारिक समारोहबीच विमान हस्तान्तरण गरियो । यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ मेनेजर अंकुरजंग राणाले गौतमबुद्ध विमानस्थल ना.उ.कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गर्नुभयो ।

उडान कार्यका अतिरित्तः यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानका लागि हरदम सक्रिय र प्रतिबद्ध रहेको छ ।
स्मरणीय यो छ कि यसभन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्वारा यस्ता विमान सार्वजनिक हितका लागि हस्तान्तरण गरिएको थिएन ।