तपाईंको यो साता

तपाईंको यो साता


मेष
घर–व्यवहारको समस्याले सताउनेछ । चिरप्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउनेछन् । सौन्दर्यमा धन खर्च हुनेछ । साताको अन्त्यबाट साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । यो साताका लागि शुभअङ्क १ र शुभरङ गाढा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवा्नको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृष
शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । साताको अन्त्यबाट राजनीतिक कार्यमा बाधा आउनेछ । व्यवसायमा मन्दी आउला । सौन्दर्यमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २ र शुभरङ वा घिउरङ हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मिथुन
प्रेम–सम्बन्ध कसिलो हुनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । संयम रहनुहोला । शनिबारबाट वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । राजनीतिक र सामाजिक क्षेत्रबाट फाइदा हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ वैजनी वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह
श्रमको उचित मूल्याङ्कन हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । परिवार र सन्ततिप्रतिको जिम्मेवारी बढ्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । बेसुरमा वचन दिनाले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी गर्नाले सफलता हात पर्नेछ ।

कन्या
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । संयम रहनुहोला । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ कलेजी हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । मानसिक चिन्त बढ्नुका साथै घरपरिवारबाट टाढिनुपर्नेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । साताको पहिलो दिनबाट आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ सुन्तला हो । देवीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

वृश्चिक
बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । साताको उत्तरार्धबाट चुनौतीको सामना गर्नुपर्ला । गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

धनु
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । नयाँ सवारीसाधन प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धार्मिक यात्राको योग छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको पूजा–अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

कुम्भ
समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । मनमा वैराग्यको भावना पलाउन सक्छ । घर–परिवारमा झै–झमेलाको अवस्था आउला । रविबारबाट दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । रमणीय र सुखद यात्राको योग छ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सुन्तले हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । साताको पहिलो दिनबाट पतिपत्नीबीचको सम्बन्धमा तीतोपन देखिनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । बन्दव्यापारमा मन्दी छाउनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ रातो वा पहेँलो रङ हो । कुनै शुभकर्म गर्नुपूर्व देवीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।