अछाममा सेनाको गाडी पल्टिँदा १४ घाइते

अछाममा सेनाको गाडी पल्टिँदा १४ घाइते


नेपाली सेनाको गाडी आज साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ ।

घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।