लण्डन । सन् १९६५ मा जन्मेका मोहन गुरुङको फोक्सोको क्यान्सरको यहाँ उपचार गराउँदा गराउँदै यही महिनाको ७ तारिख पोस्टमाउथस्थित क्वीन एलेक्जान्द्रा हस्पिटलमा देहवसान भएको थियो । सन् १९८५मा ब्रिटिश सेनामा भर्ती भएका स्वर्गीय गुरुङको सन् २००२मा शाही सेनाबाट सेवानिवृत भएको थियो । त्यसको लगत्तै हङकङमा एसियाकै धनी व्यापारी लीका सिङको बडी गार्ड भएर काम गरिरहेका गुरुङ श्वासप्रश्वासमा समस्या आएकोले यूके आई उपाचार गर्दै थिए । धेरै नै अगाडिदेखि उनकी श्रीमती, दुई छोरी र एक छोरा यहाँ बसोबास गर्दै आएका थिए र स्वर्गीय गुरुङ भने छुट्टीमा आउनेजाने गर्ने गर्दथे । शाही सेनामा भी.एम.को काम गरेर रिटायर्ड भएका स्वर्गीय गुरुङले रक्सी तथा चुरोटको कहिल्यै पनि सेवन गर्ने गरेका थिएनन् तर फोक्सोमा नै क्यान्सर भएकोले गत दुई महिनादेखि यहाँ उपचार गराउँदा गराउँदै आखिरमा मृत्युवरण गर्न वाध्य भएका थिए । लामो समयसम्म मोटर मेकानिक्स भएर काम गरेको भएर नै त्यसको असर उनको मुटुमा परेको हुनसक्ने डाक्टरहरुको अनुमान रहेको भनिएको छ ।
हिजो १७ तारिख, फरेहाममा उनको दाह संस्कार गरिएको थियो जसमा नातेदार, साथी तथा आफ्ना समाजका करीव ४०० जनाहरुको शोकमग्न सहभागिता रहेको थियो । सहभागीहरुमध्ये केहीले र छोरीहरुले स्वर्गीय गुरुङको जीवनको बारेमा मन्तव्यहरु राखेका थिए ।-सूर्य गुरुङ, तस्वीर-विसन गुरुङ
Click here to view the album
प्रतिक्रिया