बर्दियामा निरन्तर घट्दै महिला हिंसाका घटना

बर्दियामा निरन्तर घट्दै महिला हिंसाका घटना


बिगतका बर्षहरुमा भन्दा यसबर्ष बर्दिया जिललामा महिला हिंसाको घटनामा कमी आएको तथ्यांक सार्वजनिक गरिएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा आयोजना गरिएको कार्यक्रममा बिगतका बर्षहरुमा भन्दा यसबर्ष महिला हिसाका घटनमा कमी आएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांक हेर्ने हो भने बर्दिया जिल्लामा आर्थिक बर्ष ०७२।०७३ मा कुल १ सय १६ महिला हिंसाका घटनाहरु भएको देखिन्छ भने आर्थिक बर्ष ०७३।०७४ मा त्यो संख्या घटेर १ सय ९ मा झरेको देखिन्छ । यस आर्थिक बर्षको बितेको चार महिनामा महिला हिसामा समेत कमि आएको छ ।
चालु आर्थिक बर्षको चार महिनामा २३ वटा मात्र महिला हिंसाका घटनाहरु भएको देखिन्छ ।

बर्दिया जिल्लाको गुलरियामा दलित महिला संघ बर्दियाले आयोजना गरेको कार्यक्रममा बर्दिया जिललामा हुने महिला हिसांका घटनामा कमि आएको भएपनि अहिले त्यसमा दलित महिलाहरुको संख्या बढी रहेको दलित महिला संघ बर्दियाका अध्यक्ष हेमा सुनारले बताए ।

बर्दिया जिल्लामा चालु आर्थिक बर्षमा बितेको चार महिनामा कुल २३ वटा महिला हिंसाको घटना भएको देखिन्छ । जसमा जवरजस्ती करणी ९, आत्म हत्या ६, बोक्सी आरोप २, जवरजस्ती करणी उद्योग २, बिष सेवन २ र मानव बेच बिखनका २ वटा घटनाहरु भएको देखिन्छ ।

पछिल्लो समय हेर्दा जिललामा महिला हिसाका घटनाहरु हुने गरेको भए पनि यस आर्थिक बर्षको तथ्यांकमा भने उल्लेखिय मात्रामा कमि आएकाले बर्दिया जिल्लामा महिला हिसाको घटनामा कमि आएको कानुनी सहायता समिति बर्दियाका प्रमुख लक्ष्मी नेपालले बताइन् ।

पछिल्लो समयमा बर्दिया जिल्लामा महिला हिंसाका घटनाहरुमा समेत कमी आएपछि महिला हिंसासमेत घटन गएको हो ।