-जोतारे धाइबा,
सक्नेले आफ्नो पहिचान बनाउँछन्
बाँकीले एक थान चिहान बनाउँछन् ।
थोरै मात्र हुन्छन् दुनियाँमा जसले,
साहसलाई सदा जवान बनाउँछन् ।
दासहरूको त आदत नै उस्तो हो,
मालिकलाई सधैँ सिरान बनाउँछन् ।
मान्छेलाई भर्याङ मान्दै उक्लिनेहरू,
त्यसैलाई पक्की ढलान बनाउँछन् ।
आफ्नो हातमा भए आफ्नै कथा लेखिन्थ्यो,
अरुले टुटफुट उखान बनाउँछन् ।
प्रतिक्रिया