मिस्टर एण्ड मिस रोट्रयाक्ट बिजेता पुस ८ मा घोषणा गरिने

मिस्टर एण्ड मिस रोट्रयाक्ट बिजेता पुस ८ मा घोषणा गरिने


रोटरी डिष्ट्रिक ३२९२ को आयोजनामा नेपालमा नै पहिलो पटक हुन लागेको ‘मिस्टर एण्ड मिस रोट्रयाक्टमा आगामी चरणका लागी महिला र पुरुषतर्फ १८-१८ जना छनोट भएका छन् ।

यूनिक्याम्पसको प्रायोजनमा पहिलो पटक हुन लागेको प्रतियोगिताको हालै सम्पन्न भिडियो टास्क अडिसनबाट ६० जना छनोट भएका थिए । प्रतियोगिताबाट ६० जनामा १८ महिला र १८ पुरुष प्रतियोगी छनोट गरिएको प्रचार प्रसार समितिका सदस्य रेशम घिमिरेले जानकारी दिए ।

रोट्रयाक्टरहरुलाई समस्या समाधान, निर्णय लिने र नेतृत्व क्षमताको विकास गर्नका लागी आयोजना गरिएको प्रतियोगितामा देश भरका एक सय २० रोट्रयाक्ट क्लवहरुबाट सहभागी भएका थिए । दुई सय पाँच जनाले भरेको अनलाइन फारमका आधारमा ६० जना छनोट भएका थिए ।

भिडियो टाक्स चरणबाट छनोट भएका महिला र पुरुष दुबैतर्फका ३६ जना प्रतियोगीलाई पुष ५ गतेदेखि ७ गतेसम्म धुलिखेलमा शिविर सञ्चालन गरीने भएको छ । उक्त शिविरमा छनोट भएका प्रतियोगीलाई ८ गते आर्मी अर्फिसर्स क्लवमा बृहत कार्यक्रमका बिच विजेता घोषणा गरी पुरस्कार प्रदान गरीने घिमिरेले बताए ।