हजरत मोहम्मद जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

हजरत मोहम्मद जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना


आज इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्ती । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।

नेपाल धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसंग आवद्ध नागरिकहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्याएको भन्दै राष्ट्रपति भण्डारीले देशबासीमा शुभकामना ब्यक्त गरेकी छिन् ।

जातीय धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उता, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि देशबासीलाई इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा शुभकमना ब्यक्त गरेका छन् । उनले सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका हुन् ।

देउवाले आज एक विज्ञप्तिमार्फत हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उनले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिनुभएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

हजरत मोहम्मदको जन्मजयन्तीको अवसर नेपाल सरकारले आज सार्वजनिक दिएको छ ।