एसिसी यु–१६ मा नयाँ प्रतिभाले प्रतिस्पर्धा गर्ने

एसिसी यु–१६ मा नयाँ प्रतिभाले प्रतिस्पर्धा गर्ने


सुशील कोइराला ममोरियल फाउण्डेसनले नेपाली क्रिकेटको विकासलाई मध्यनजर गर्दै युवा विकास कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यको लागि फाउण्डेसनले एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजनामा सहभागी हुने खेलाडीको लागि राष्ट्रिय खेलकुद परिषदसंग स्वीकृति लिई मुलुकभर प्रतिभा खोज तथा आवश्यक प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो ।

फाउण्डेसनले आयोजना गरेको प्रतिभा खोजअन्तर्गत पहिलो चरणमा नेपाल क्रिकेट संघ (क्यान) का सबै ९ क्षेत्रवाट चार–चार जना खेलाडी छनोंट गरिएको थियो । क्षेत्रवाट छनोंट ३६ जना खेलाडीहरु छनोंट भएपनि पछि पछि राम्रो क्षमता भएका खेलाडी अन्य ९ जना थपेर ४५ जना पहिलो चरणको शिविरमा राखिएको थियो ।

पहिलो चरणको प्रशिक्षण यहि मंसिर ७ गते काठमाण्डौंको मुलपानी क्रिकेट मैदानमा संचालन भएको थियो । जुन प्रशिक्षणबाट २२ जना युवा खेलाडीहरुको छनोंट गरिएको फाउण्डेसन जनाएको छ । अब यी २२ जना खेलाडीवाट बैकल्पीक समेत गरि १८ जनाको छनोंट गरिने भएको छ । उक्त छनोंट मंसिर २२ गते गरिने छ । युवा टोली त्यसको भोलि पल्ट २३ गते थाइल्याण्डको बैंक्क उडने कार्यक्रम रहेको छ ।

प्रतिभा खोज मंसिर १ गतेदेखि संचालन भएको हो । उक्त कार्य विनोद दासको संयोजकत्वमा प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीले गरेका थिए । एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन मंसिर २५ गते थाइल्याण्डमा संचालन हुँदैछ ।