ललितपुर कुपण्डोलमा बम विष्फोट

ललितपुर कुपण्डोलमा बम विष्फोट


निर्वाचनको मिति नजिक आउँदै गर्दा चुनावविरोधि पक्षको चलखेल पनि तीव्र भएर गएको अनुभूति गरिएको छ । सुरक्षा निकायको तदारुकताका बाबजुद विष्फोटका घटनाले तीव्रता पाएबाट आम मतदातामा त्रास बढ्न पुगेको छ । उम्मेदवारलक्षित बम आक्रमण हुँदै आएकोमा अब मतदानस्थललाई लक्ष्य बनाएर विष्फोट गराउन थालिएको छ ।

यसैक्रममा ललितपुर कुपण्डोलमा केहीबेरअघि बम विष्फोट भएको छ । कुपण्डोलको बागमतिपुलको पूर्वतिर माओवादीले कब्जा गरेको घरकै पछाडि साँझ पौने सात बजे बम विष्फोट गरिएको हो । उक्त स्थान हरेक निर्वाचनका बेला मतदानस्थल (बुथ)को रुपमा प्रयोग गरिँदै आएको छ । आगमी २१ गतेको निर्वाचनको संघारमा मतदातालाई तर्साउने उद्देश्यले विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।