धर्मोदय सभाः अशान्तिको सामना गर्दै समस्या समाधान गर्न दत्तचित्त

धर्मोदय सभाः अशान्तिको सामना गर्दै समस्या समाधान गर्न दत्तचित्त


धर्मोदय सभाको ७४औँ वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।  अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको प्रमुख आतिथ्यमा भएको सभामा विशेष अतिथि काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ७४ दियो प्रज्वलन गरेका थिए ।

सभाको प्रारम्भ गर्दै सभाका महासचिव सागरमान बज्राचार्यले धर्मोदय सभाको इतिहास सभासमक्ष प्रस्तुत गर्दै बौद्ध जगत्मा बेलाबखत देखापर्ने अशान्तिलाई सदा सामना गर्दै समस्या समाधान गर्न दत्तचित्त रहेको उल्लेख गरेका थिए । समारोहमा सभाका आजीवन सल्लाहकार डा बज्रराज शाक्य, केन्द्रीय सल्लाहकार कृष्णगोपाल श्रेष्ठ, कामपा प्रमुख शाक्यले शुभकामना मन्तव्य दिएका थिए ।

राससका अनुसार सोही समारोहमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा विजय प्राप्त गरेका सभाका आजीवन सदस्य शाक्य काठमाडौँ महानगर प्रमुख पदमा र नवीन मानन्धर कामपा–१७ वडाध्यक्षमा निर्वाचित भएकामा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।