जूनको आँखामा समय- रामेश्वर राउत मातृदास

जूनको आँखामा समय- रामेश्वर राउत मातृदास


समय आएपछि समय आफैं बोल्छ
पीडादायी अत्याचारका काँडालाई,
अग्निज्वालाको खलिमा घोल्छ
र, सत्यको जगमगाउँदो द्वार खोलेर
समय सधैं जून/घामको आँगनमा रत्यौली खेल्छ †

समयसँग कसैले डराउनुपर्दैन
युगविजयी यी धर्ैयशील अदम्य हिमालयको शिर,
अन्यायको पाउमा समयले कहिल्यै झार्दैन
र, यो सहने र सम्हालिने समय हो,
समय, चुपचाप अन्यायपूर्ण तमासा हेरे बस्दैन
फूलको आँसु घैला/घैलाभरि बटुलेर,
सातै समुद्र/सागर अर्टाई-नअर्टाई
कठै † जूनका आँखामा समय रोइरहेको छ धर्धरी आज †

युधिष्ठिरका पाइला भत्काएर
चिथोर्नुविधि चिथोर्‍यो कौरवले
र, निर्दोष सत्यको बासमा राँको सल्काएर
घाम/जून र अग्निको आँखा छोप्ने
दुष्प्रयास सधैं असफल बनायो समयले

हरिश्चन्द्रको सर्वस्व लुटेर अघाएन अन्याय
र, सीताले सतको सम्पूर्ण परीक्षा उत्तीर्ण गरिन्,
र, बल्ल सम्हालिन् धरतीले सुरभि-सौरभ
समयको ज्वलन्त घामको ज्योतिलाई †

समयले हर अंश/अंश बटुलेर
वृन्दावनमा बाँसुरीको धुन घन्किरहन्छ समय
अहा † यो कैलाशकुटको हरपल मुस्कुराउँदो मुहार,
पर्वतेश्वर/पार्वतीलाई नचाइरहेकी छिन् समय †
समयको यही एक चुम्बन शीतको थोपो,
आशावरीको उत्सव घन्किरहन्छन् ताराहरू
र, असीमित अनन्त समय नाचिरहन्छन् जिन्दगी †

यहाँ केही लिन आएको होइन समय
खै खानु पनि के लानु आकाश उघ्रेको छानुलाई
चेतनाको एउटा जागरुक चङ्गा हो यो जिन्दगी
बुझेरै बुझिनसक्नु छ यो संसारलाई
आफैंलाई आफूलाई बुझयो भने/बुझन बाँकी केही नरहँदो रहेछ
समयकै गोरेटोमा अलमलिँदो/अलमलिँदै, फूलहरू शीत ओइलाउँदोरहेछन् वास्ना भुलेर यतै †

हाँसेर घाम झुल्कन्छन्
रोएर बादल छताछुल्ल छ समय,
अन्धकारलाई चन्द्र-दान गरेर रमाइरहन्छ आकाश
मेरो भन्नु केही रहेनछ आफ्नु
खोलो सलबलाउँदै निरन्तर बगिरहन्छ आकाङ्क्षा र झलाउँदै ज्योति छर्न घाम आइपुग्छन्
हरेक बिहान
द्यावापृथ्वी/अग्नि/वायु,
पाँच पाइलो यही रहेछ समय बुद्धको आगमनजस्तो

समयले युगलाई उदाहरण खेलाउँदै आयो
र, बेग्लै घाम र फरक जून देखिन्छन् ।
पानी निरन्तर बगिरहेको छ खोलामा
र, हिजोराति आफैंले देखेको सपना,
आज ढकमक फूल फुलिरहेका छन् बगैंचाहरू †

समयको उकालो चढेर
एउटै युगमा आए कृष्ण/कंश
रौं/अंश तलवितल हुँदैन सयको तराजु
र, समयको बाटो कसैले रोक्न सक्दैन
पानीमुनि सियोको टुप्पो उधिनेर
कोलाविध्वङ्सी कंश खरानी उडाउँछ
र, अजम्बरी वरवृक्ष फैलिरहन्छ समय अझर-अंश

समयको जवानी
सत्यको शिखरमा आशावरीको धून
गुञ्जिरहन्छ नवबिहानी,
समयलाई छलेर/समयको आँखा छोप्ने चमेरालाई
सबक सिकाउँछ समयले सत्य र न्यायको कहानी उन्नतांश
समयको छाती हो निलाम्य अनन्त आकाश
र, त्यहीँ मुस्कुराइरहिन्छन् घाम/जून आलो/पालो
हामी एउटै आकाशमुनिका फूलहरू
आफैं शूल बनेर छचन्नाइरहेका छौँ व्यर्थै
सम्भवतः सहकाल सहर नपसेको सङ्केत गरिरहेको छ समय †

गहभरि आँसु भरेर
कठै † समुद्रका/समुद्र आँसु छचल्किरहेकी छन् पृथ्वी
बटुलेर आफैं मात्र लान दौडादौड छन् मान्छेहरू †
हावा हुनहुनाइरहेको छ,
फूलहरू प्रेमिकाको ओठ/ओठमा फक्रिरहेका छन् निर्भय
कसैले केही ल्याउन/कसैले केही लाँदैन,
चरीको धन चुच्चो
चुच्चो काटे बुच्चै छ मान्छे सधैं,
र त चरीको के घर छ र †
रात काट्यो डालीमा बसेर भन्दै
लट्टाइँ बोकेर चङ्गा उडाउन,
हरहमेशा तम्तयार बसिरहेको छ समय †

विश्वासहीन यो कृतघ्न आवारा युग,
मात चढेर कुनै पनि बेला
यो उन्मत्त राँगो बौलाउन सक्छ
र, शीत/तुषारो आशावरी-उत्सव मौलाइरहेका फूलबगैंचाहरू,
झर्‍यामझुरुम क्षणभङ्गुर चैत उजाड बन्न सक्छन्
सिङ्गै पृथ्वी, पूरै आकाश हत्केलामा राखेर
स्वतन्त्र पन्छी हरपल अवतरित हुन तम्तयार छ समय †