रानीबारीमा १४ लाखसहित दुई जना पक्राउ

रानीबारीमा १४ लाखसहित दुई जना पक्राउ


महानगरीय प्रहरी बिट रानीबारीले नगद १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा ६४प ५१८९ नं को मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । राससका अनुसार अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताए । उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।