नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला

नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला


मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।
स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिसकेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

राससका अनुसार सो ग्रिनेटमा इम्प्रोमाइस डिभाइस प्रयोग गरिएको हुन सक्ने उनले बताए । सोका कारण केही समय बजार क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।