पाल्पामा माओवादी नेता चढेको गाडीमा बम विस्फोट, चालक घाइते

पाल्पामा माओवादी नेता चढेको गाडीमा बम विस्फोट, चालक घाइते


नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ ।

तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ता भने सकुशल रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए ।

माओवादी जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए । एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए । बम विस्फोट हुँदा ३४२५ नम्बरको लु १ज जिपमा क्षति पुगेको छ ।

घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख) का वाम गठबन्धनका साझा उम्मेदवार हुन् । राससका अनुसार डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उनले दोभानतर्फको आफ्नो घर आउँदा बम विस्फोट भएको हो ।