फोरम अध्यक्ष यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

फोरम अध्यक्ष यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी जनकपुरमा बम प्रहार गरिएको छ ।

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्षित गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

राससका अनुसार राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।