हिरासतमा रहेकालाई राहतका लागि सिफारिस

हिरासतमा रहेकालाई राहतका लागि सिफारिस


कुश्मा, पर्वत, नेपाल । यही १० वैशाख, द्वन्द्वकालमा राज्यपक्षबाट पक्राउ गरी हिरासातमा राखिएका जिल्लाका एक दर्जनलाई राहतका लागि सिफारिस गरिएको छ । द्वन्द्वपीडित पहिचान समितिका निर्णयपछि स्थानीय प्रशासनले उनीहरुलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालायमा राहत प्रदान गर्न सिफारिस गरी माग गरेको हो ।
समितिका सदस्य एवम् पत्रकार महासंघ पर्वतका अध्यक्ष ओमप्रसाद घायलका अनुसार २५ दिनभन्दा बढी प्रहरी हिरासतमा रहेका जिल्लाका १२ जनालाई सिफारिस गरिएको हो । यसरी सिफारिस गरिएकोमा मल्लाज माझफाँट-२का रमेश मल्ल र बाबुराम कार्की, बाजुंग-१का मनबहादुर पौडेल, देउपुर-५का भूमिराज शर्मा, तिलहार-४का क्षेत्रबहादुर रेग्मी, देवीस्थान-३का गोपाल चापागाई, ठूलीपोखरी-८का चुडामणि शर्मा छन् । त्यस्तै प्रहरी हिरासतमा रहेका तिलहार-८का तुलसी गिरी, ठूलीपोखरी-३का अच्युत सुवेदी, देउराली-८का लिलबहादुर सार्की, शिवालय-७का शिवकुमार ७नतसेष्ठ र कटुवाचौपारी-२का उपेन्द्र अधिकारीलाई राहातका लागि मन्त्रालयमा सिफारिस गरिएको घायलले बताए । उनका अनुसार सिफारिस गरिएका २५ देखि दुई सय अट्ठाइस दिनसम्म प्रहरी हिरासतमा रहेका हुन् । नेपाल संवाददाता ।