आज धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस मनाइँदै

आज धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस मनाइँदै


आज १४ औं ज्यापु दिवस, धान्यपूर्णिमा र उधौली पर्व एकसाथ मनाइँदैछ । नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउँदैछने भने किराँत समुदायले उधौली र हिन्दु धर्मावलम्वीहरुले धान्यपूर्णिमा मनाइरहेका छन् ।

महत्वपूर्ण मानिएका यि तीनै पर्वका लागि सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा धुमधामका साथ मनाउँछन् भने पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँने गर्दछन् ।

उता, किरात समुदायले पनि उधौली पर्व धुमधामका साथ मनाइरहेका छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ ।
यसैगरी योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको महत्वपूर्ण चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ ।

१४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

त्यसैगरि आज धान्यपूर्णिमा पनि भनिन्छ । विभिन्न धर्म र सम्प्रदायमा आज आ–आफ्ना दिवालीका साथै इष्टदेवको पूजा गर्ने गर्दछन् । पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना समेत व्यक्त गरेकी छिन् ।