नयाँदिल्ली। भारतमा सरकारले उच्च नेताहरूको फोनमा जासुसी गरेको आरोप लगाउँदै विपक्षी दलले होहल्ला गरेपछि दुवै सदन स्थगित गरिएको छ । विपक्षी दलका नेताले फोन जासुसी गरेको आरोपमा होहल्ला गरेपछि लोकसभा स्थगित गरिएको थियो । सभाको कारबाही पुनः दुई बजे सुरु भयो । तर, होहल्ला रोकिएन । त्यसपछि सोमबार लोकसभाको सबै कारबाही स्थगित गरिएको छ ।
यसैगरी, राज्यसभामा पनि फोन टेप गरेको विषयलाई लिएर विपक्षीले विरोध गरेपछि होहल्ला मच्चिएपछि सदन स्थगित गरिएको थियो ।
सरकारले कसैको पनि फोन टेप गर्न निर्देशन नदिएको गृहमन्त्री पी चिदम्बरम्ले बताए । तर, यससम्बन्धमा प्रधानमन्त्रीले बयान दिनुपर्ने माग विपक्षीले राखेका छन् ।
फोन जासुसीकाण्डका सम्बन्धमा प्रधानमन्त्रीले बयान दिनुपर्ने प्रमुख विपक्षी पार्टी भारतीय जनता पार्टी-बिजेपी)का नेता लालकृष्ण आडबाणीले बताए ।
सरकारले गरेको यस घटनाले आफूलाई सन् १९७० को संकटकालको याद दिलाएको आडबाणीले आफ्नो ब्लगमा लेखेका छन् । भारतीय पत्रिका आउटलुकमा सरकारले नेताहरूको मोबाइल फोनमा गरिएको कुराकानी जासुसी गरेको समाचार छापिएको थियो । समाचारअनुसार सरकारको खुफिया एजेन्सीले केन्द्रीय मन्त्री, कंग्रेस नेता, मुख्यमन्त्रीलगायत कम्युनिस्ट नेता प्रकाश करात र विपक्षी नेताको फोन टेप गरेको थियो ।
साभार: नयां पत्रिका
प्रतिक्रिया